परिचय
गोकर्ण बचत तथा ॠण सहकारी संस्था लि . नेपाल सरकार सहकारी ऐन २०४८ बमोजिम २०६८ सालमा स्थापित एक बित्तिय संस्था हो| जसमा समाजमा कुशल प्रसासक्, उध्योगी , ब्यापारी, शिक्षक, युबा बर्ग तथा अनुभव प्राप्त समुहहरुका बिचार र सकृयता यस संस्थामा रहेको छ |सहकारीताको अबधारणालाई पूर्णरुपमा आत्मसाथ गर्दै यस संस्थामा आबद्द सम्पूर्ण शेयर सदस्य तथा बचत कर्ताहरुले आफ्नो महसुस गर्नु हुनेछ भन्ने सद्भभाबको अपेक्षा गरी सरल सेवा प्रदान गर्नेमा संस्था दृढ सङ्कल्पित छ|

संयुक्त स्वामित्व तथा पूर्ण प्रजातन्त्रीक भै साझा आर्थिक र सामाजिक आवस्यकताहरुको परिपुर्ती गर्न स्वैछिक रुपमा एकजुट भएको यस बित्तिय सँगठनले समाजका बिधमान गरिवि, पछौटेपन तथा बेरोजगारी जस्ता सामाजिक समस्याहरुलाई निस्कृय गर्न तथा छरियार रहेका पुँजी, थोरै सिप्, थोरै अनुभब र साधनहरुलाई सहकारीताको माध्यम बाट संस्थागत गर्दै प्रत्यक ब्यक्तिमा सहकारीको भावना बढाउन सके पक्कै पनि नेपाल आउदो १० बर्ष भित्र आर्थिक रुपमा सवल र सक्षम हुने कुरामा दुइमत छैन | अत: देशको कुल जनसख्याको लगभाग ७५ प्रतिसत जनता गरीब, निमुखा र मुलत: आर्थिकरुपले पिल्सिएको, धनी बर्गहरुबाट थिचिएको अवस्थामा त्यस्ता जनताहरुलाई उकास्ने एउटाै मात्र माध्यम सहकारी भएको हुँदा सदस्यद्वारा सदस्यकै लागि सदस्यकै सकृयतमा सङ्कलित पुँजीलाई इमान्दार र कर्मठ ब्यबसायी एबम उद्दमिहरुलाई सुलभ ब्याज दर मा कर्जा लगानी गरी सदस्यको आर्थिक स्तर माथि उकास्ने उस संस्थाको मुलभुत उदेस्य रहेको जानकारी गरौदछौ|